Logo

उपप्रधानमन्त्री महरा र ग्वाङन्दोङ प्रान्तका गभर्नरबीच भेट



काठमाडौँ, २५ भदौ । चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुयीबीच आज भेटवार्ता भएको छ ।

आज अपराह्न उहाँ बसेको होटल ह्वाइट स्वानमा आएर गभर्नर सिङरुयीले परराष्ट्र मन्त्री महरालाई ग्वाङन्दोङ प्रान्तको आर्थिक एवं ऐतिहासिक विषयमा जानकारी गराउनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री महराले चीनसँगको व्यापारमध्ये ग्वाङन्दोङ प्रान्तले ६० प्रतिशत ओगटेको भन्दै सहकार्य गर्दै अगाडि बढिने बताउनुभयो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उहाँले चीनका लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभएको उपप्रधानमन्त्री महराका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।

गभर्नरले सिङरुयीले नेपाली महावाणिज्य दूतावास ग्वाङन्दोङ प्रान्तजस्तो अत्यन्त आर्थिक तथा व्यापारिक महत्वको स्थानमा खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यसअघि उहाँले यसै प्रान्तको इतिहास तथा संस्कृतिको प्रदर्शनीस्थलको अवलोकन गर्नुभयो । उक्त प्रदर्शनीस्थलमा उक्त प्रान्तको इतिहास एवं संस्कृतिका झल्कने वस्तु, तस्बिरलगायत विविध वस्तु राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्