कञ्चनपुर, ५ असोज । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले आम उपभोक्तालाई चाडपर्वका बेला महँगीको मारबाट मुक्ति दिलाउन र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ ।
आज कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको भेटघाट कार्यक्रममा उहाँले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेमाथि कडा कारबाही हुने बताउनुभयो ।
राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउन सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौँ र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरु बढी मूल्यमा बेचेको पाइएको छ भन्नुभयो ।
उपभोक्ता ठग्नेमाथि कारबाही हुन्छ, उहाँले भन्नुभयो –“चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको छ ।” (रासस)