असोज ६, काठमाण्डौ । प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् ।
माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वा्चित भएकी हुन् ।
पार्टीमा कविता नामले चिनिने ३३ बर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताईन् । यो खबर आजको कान्तिपुरमा छ ।
रीना नेकपा माओवादी केन्द्रका नेता प्रभु शाहकी पत्नीसमेत हुन् ।