काठमाडौं, असोज ८ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार मध्यान्ह १२ सम्म १ सय २५ स्थानीय तहको मात्र परिणाम आएको छ। असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो। तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।
अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शीर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानको संघीय समाजवादी फोरमको २३, राजपाले २३, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ३, संघीय फोरम ४, माओवादी २, एमाले २ तहमा अगाडि छन्।
को कहाँ अगाडि ?
कांग्रेसले अग्रता लिएका स्थानीय निकाय
बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु/ सप्तरी:-कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता/ रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव
माओवादीले अग्रता लिएका स्थानीय निकाय/ धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव/ बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल
एमालेले अग्रता लिएका स्थानीय तह/ बारा :-कलैया उपमहानगरपालिका विनोद शाह/ बारा :-कोल्हवी नगरपालिका भरतबहादुर भण्डारी/
संघीय समाजवादी फोरमले अग्रता लिएका स्थान
सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव/ सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय/ रौतहट:-कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सा:-वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी