Logo

दशैँमा मदिरा : विश्वस्तरीय ब्राण्ड फैलिदै नेपालमा



असोज ८, काठमाण्डौ । नेपालीहरुको महान पर्व दशै नजिकीए संगै बजारमा विभीन्न सामानहरुको किनमेल बढिहुने गर्दछ । दशैको समयमा नेपालमा विदेशी मदिराको माग पनि बढ्ने गरेको छ । नेपालमा विश्व प्रसिद्ध फ्रान्स,बेलायत र स्कटल्याण्डका मदिरा बिक्री हुन्छ ।

मदिरा बिक्रीको ग्राफ बढ्ने भएकोले मदिरा उत्पादक र उद्योगी मालामाल हुने समय पनि यही हो । दशैंकै समयमा महँगा मदिरा पनि बिक्री हुन्छ । नेपालमा विश्व प्रसिद्ध फ्रान्स,बेलायत र स्कटल्याण्डका मदिरा बिक्री हुन्छ । नेपालमा पाँच लाख रुपैयाँसम्मको मदिरा बिक्री हुने गरेको छ । नेपालमा अन्य समयमा र चाडपर्वमा विदेशी मदिराको माग बढ्को देखिएको छ ।

स्वदेशी तथा विदेशी गरेर लाखौको मदिरा खपत हुने गरेको छ । मदिरा पारखीको माग अनुसार बदलिदो परिवेशमा स्वदेशी भन्दा पनि विभीन्न विदेशी ब्रान्डका मदिरा विक्री वितरण हुने गरेको छ । क्याम्यु ५.५, रेमी मार्टीन लुइस एक्सआइआइआइ, जोनी वाकर, टालिस्कर, इज्ले अफ स्काइ, ग्लेन गोइन, ग्लेण्डफिड्च, ब्ल्याक लेभल, रेड लेभल, ब्लु लेभल लगायतका मदिरा महँगो मदिरा रहेका छन । बोटलमा समावेश गरिएको क्रिस्टल, गोल्ड प्लेटेड विर्को लगायतका विशेषता पनि रहेका छन ।

सवैभन्दा महँगो रक्सीमा फ्रान्समा उत्पादित क्याम्यु ५.५ रहेको छ । ६ वर्ष अगाडी नेपालमा भित्र्याइएको क्याम्यु ५.५ को बजार मूल्य ४ लाख ९४ हजार ९ सय ६२ छ । ६ वर्ष अगाडी भित्रिएको फ्रान्समा उत्पादित रेमी मार्टीन लुइसको बजार मूल्य ४ लाख १२ हजार ४ सय २७ रुपैयाँ छ । व्लेण्ड स्कच व्हिस्की अन्तर्गतको आइजला अफ स्काइ स्कटल्याण्ड उत्पादित मदीरा हो । यसको बजार मूल्य १ लाख ६८ हजार छ । विदेशी मदिराको व्यपारले नेपाली वाईन उद्योगहरुसंग प्रतिस्पर्धा समेत गरिरहेका स्वदेशी वाइन उद्योगीलाई अस्वस्थ प्रतिस्पर्धाले पनि समस्याग्रस्त बनाइरहेको छ ।

अहिले सञ्चालनमा रहेका १८ वटा वाइन उद्योगमध्ये हिंवा, डाँडाघरे, विग मास्टर, चेसुङ, डिभाइन ब्राण्ड लोकप्रिय मानिन्छन । समग्रमा भन्नु पर्दा स्वदेशी ब्रान्डले नथेगेर पनि विदेशबाट मदिरा जन्य पदार्थ आयात गर्दा नेपाली मदिरा उद्योग खस्कीदै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्