काठमाडौं, १७ असोज ।नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल र पार्टी एकताबारे सहमति भएको छ।
एमाले संसदीय दलमा बैठक बसेर सहमतिको अन्तिम ड्राफ्ट तयार पारिरहेका छन्। केहीबेरमा पत्रकार सम्मेलन गरेर तीनै दलले सहमतिमा हस्ताक्षर गर्दैछन्। सभागृहमा हुने पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गर्ने छन्।
तीन नेताले साँझ ५ बजे सभागृहमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर गर्ने छन्। स्रोतका अनुसार पार्टीले चुनावी तालमेल र एकताको लागि ७ बुँदे सहमति पत्र तयार पारेका छन्।