काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन दलबीच भएको सहमतिलाई नेपाली इतिहासमा एतिहासिक क्षण भएको बताएका छन ।
बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षीत नभएको पनि प्रष्ट पारेका छन ।प्रचण्डले निरन्तरतामा क्रम भङता भएको बताए।
अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको पनि उनले बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’
देशको सग्रह राजनीतिक र आर्थिक विकासका लागि एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ एमाले र नयाँशक्ति पार्टीबीच चुनाबी तालमेल हुँदै पार्टी एकता प्रकिया अभियान शुरु गरिएको बताए ।
यो अभियान नेपाल, नेपाली जनता र अहिलेको राष्ट्रिय आवश्यकता भएकाले अगाडि बढाएको बताए । माओवादीे जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको सम्मान गर्दै देशलाई सम्बृद्ध र समुन्न बनाउन वाम एकता आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए ।