१९ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले माओवादी र एमालेको गठबन्धनले संविधान जोखिममा परेको बताएका छन् । रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता रिजालले संविधानको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन गर्नु आवश्यक रहेका बताए ।
एमाले र माओवादी मिलेर नेपाललाई समृद्धिको यात्रामा लैजान नसक्ने जिकिर रिजालको छ । पहाडेलाई मधेशीसँग जुधाउने बाटो समातेको एमालेसँग माओवादीले आत्मसमर्पण गरेकाले यो गठबन्धनले देशका हित गर्न नसक्ने उनको भनाई छ ।
अहिले नेपालका राष्ट्रियता र संविधान जोखिममा परेको बताउँदै रिजालले भने, “नेपाली–नेपालीबीचको मनमा फाटो ल्याउने एमालेको बाटोमा माओवादी गएपछि खतर बढ्यो । त्यसैले त्यो बाटोमा जानबाट रोक्न आवश्यक छ भनेर हामीहरु एक ठाउँमा जम्मा भएका हौँ ।”
रिजालले आफुहरु वाम एकताको विपक्षामा उभिएको नभइ वाम गठबन्धनले संविधान कार्यान्वनयलाई बाधा पु¥याउने भएकाले त्यसलाई रोक्न अर्को गठबन्धन बनाउन लागिएको स्पष्ट पारे ।