Logo

लोकतान्त्रिक मोर्चाको कार्यदलमा को–को छन् ? (नामसहित)



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले कार्यदल सदस्यको नाम टुङ्गो लगाएको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनावी तालमेल गर्न बनेको कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधी र पूर्ण बहादुर खड्का छन् ।

त्यस्तै राप्रपाबाट बुद्धीमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसाय यादव सिफारिस भएका छन् । राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डेको नाम आएको छ भने राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिकबाट भने कार्यदल सदस्यको नाम आउन बाँकी रहेको जनाइएको छ ।

यी दुई दलबाट कार्यदल सदस्यको नाम आएपछि चुनावी तालमेलका बारेमा कार्यदलले छलफल अगाडि बढाउने एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्