Logo

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकका निर्णयहरु



काठमाडौं, २३ असोज । सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्य्विधिलाई संशोधन गर्दै धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउन बैंकहरुले नमानेपछि सरकारले त्यसलाई सम्बोधन गरेर धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय लिएको हो।

त्यस्तै आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय पनि गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्