Logo

भोलि संसदको अन्तिम दिन, यस्तो छ ६०१ जना सांसदले रचेको ईतिहास



धनराज वास्तविक : काठमाडौं, २७ असोज । करिब ४ वर्षअघि २०७० मंसिर ४ गते सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएका ५९२ सांसदहरु भोलि असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमानमा परिणत हुने भएका छन् । 

५९२ जना सांसदहरु असोज महिनासम्मको तलब भत्ता र सुबिधा बाकेर घर फर्किने भएका हुन । आजको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखिएको छ । भोलि सांसदहरुलाई विधिवत बिदाई गरिने संसद सचिवालयले जानकारी दिएको छ । ६०१ जनाको ससद भएपनि आजसम्म आईपुग्दा ५९२ जना मात्रै सांसदहरु छन् ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयले जानकारी दिएको छ । यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो ।

तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूती छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

चारवर्षको अवधि सकिएको अवस्थामा सांसदहरुको हरेक घटनामा सम्बन्ध रहेको हुन्छ । सांसदहरुको समाजसँग सम्बन्ध जोडिएको हुन्छ । सांसदसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका मुख्य घटनाहरु यसप्रकार छन् :

संसदका ४ वर्षमा भएका मुख्य–मुख्य घटनाहरु

२०७१ सालका मुख्य घटनाहरु 

बैखाख ३ । कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तविरुद्ध मुद्दा चलाएको विरोधमा एमाओवादीले संसद् अवरुद्ध गरेका थिए ।

सरकारले बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस ।

बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्बाट पारित ।

संसदीय सुनुवाइ विशेष समितिले मतदानबाट सर्वोच्च अदालतका ८ स्थायी न्यायाधीश नियुक्त ।प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि ।

कोइरालाको अमेरिकाको ममोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार ।

६ खर्ब १८ अर्बको बजेट सार्वजनिक

सिन्धुपाल्चोकको माङ्खा र राम्चेबीचको जुरेमा पहिरोले पुरेर १५६ को मृत्यु ।

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी नेपाल भ्रमणमा । संविधानसभामा सम्बोधन । एक अर्ब ऋण सहुलियतको घोषणा  ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भारतमा मृत्यु ।सरकारले संविधानसभामा मनोनयन गर्नुपर्ने २६ सभासदमध्ये १७ जना मनोनीत । यसमा कांग्रेसको ८, एमाले ८ र राप्रपा नेपाल १ जना । एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटी मस्तिष्कघात भएपछि ६१ वर्षको उमेरमा निधन ।

असोज ६ । गते छोराको हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनशनमा बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु ।

मस्तिष्क घातबाट थलिएकी एमाले नेत्री साहना प्रधानको ८७ वर्षको उमेरमा निधन ।

डोटीको जोरायलबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा २७ जनाको मृत्यु ।

मंसिर ९, १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन। मंसिर १०, १८ औं सार्क शिखर सम्मेलन सुरु ।

आतंकवाद शून्य पार्ने आठ राष्ट्रका कार्यकारी प्रमुखहरूको प्रतिबद्धता ।

मंसिर ११ । ३६ बुँदे घोषणापत्र जारी पर्दै सार्क शिखर सम्मेलन सम्पन्न । समापनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाए ।  नेकपा माओवादीबाट छुटेका नेत्रविक्रम चन्दले नेकपा माओवादी नामक नयाँ समूह गठन ।

सर्वोच्व अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक । ०६९ जेठ १८ मा मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी बमको हत्या गरेका थिए ।

माघ ५ गते । संविधानसभाको बैठकमा बहुमतीय प्रक्रिया सुरु भएलगत्तै माओवादी नेतृत्वको प्रतिपक्ष मोर्चाका सभासदहरूले संविधानसभाभित्र तोडफोड ।

सभाध्यक्ष र एमाले अध्यक्ष केपी ओली लक्षित आक्रमण । सभासदहरूलाई रोक्न खोज्दा मर्यादापालक घाइते । सभासदले माइक, टेबल, कुर्सी तोडफोड । माघ ८ को समयसीमाभित्र प्रक्रिया अघि बढेको सन्देश दिन खोज्ने सत्ता पक्ष र त्यसलाई रोक्न तोडफोड गरेका थिए ।

संविधानसभाको दोस्रो निर्वाचनका बेला माघ ८ मा बसेको पहिलो बैठकले माघ ८ मा संविधान जारी गर्ने भनिए पनि कार्ययोजना समेत ल्याउन सकेन । प्रक्रिया अघि बढाउन खोज्दा प्रतिपक्षी दलका सभासदले रोकेका थिए ।वागमति सफाई अभियानको १०० औं हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म ५६ किलोमिटर मानवसांलो निर्माण ।

२०७२ सालका मुख्य घटनाहरु 

२०७२ साललाई विदाई गर्दै गर्दा आ नेपालीलाई भुकम्पले पारेको असर र भारतले एक तर्फी लगाएको नाका बन्दि आर्थीक र मानसीक पीडा ब्यहोराएर विदा भएको थियो । भने मुलुकले नयाँ संविधान पाएको वर्ष हो ।

वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन ।

बैशाख १२ गते महाभूकम्प ।

जेठ २५  । प्रमुख ४ दलबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति ।

असार १०  । नेपाल सरकारद्वारा भुकम्पपछि सहयोग जुटाउन लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’को आयोजना ।

साउन २७ ।  मधेशी मोर्चाद्वारा आन्दोलन घोषणा ।

असोज ३ । संविधानसभाबाट नेपालको संविधान जारी । संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित ।

असोज ४ । नयाँ संविधानको विषयलाई लिएर भारतद्धारा अघोषित नाकाबन्दी

असोज २४ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निवार्चित ।

असोज २९ । व्यवस्थापिका संसदको सभामुखमा ओनसरी घर्ति मगर र उपसभामुखमा गंगाप्रसाद यादव निर्वा्चित ।

कार्तिक ११ । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित

कार्तिक १४ । एमाओवादी नेता नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित ।

माघ २६ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन ।

असोज २७ । ओनसरी घर्ती मगर सभामुखमा निर्वाचित

फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा ।

फागुन २० ।  देखि २४ सम्म राजधानीमा नेपाली काँग्रेसको सम्पन्न १३ औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई निर्वा्चितचैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीको नेपाल भ्रमण ।

असोज २७ । केपी ओली शर्मा प्रधानमन्त्रीमा निर्वा्चित ७ चैत प्रधानमन्त्री केपी शर्मा ओली चीनको साता व्यापी भ्रमणमा ।

एसियाली फुटबल महासंघद्वारा म्याच–फिक्सिङका आरोपी सागर थापा, सन्दिप राई, विकाससिं क्षेत्री, रितेश थापा र अन्जन केसीलाई आजिवन प्रतिबन्ध लगाउने निर्णय ।

२०७३-०७४ असोजसम्मका मुख्य घटनाहरु 

२०७३ मा राजनीतिक र सामाजिक क्षेत्रमा घटेका मुख्य मुख्य घटनाहरु

ओलीबिरुद्ध अविश्वासको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्ध कांग्रेस र माओवादीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्ताव वर्ष २०७३ मा सर्वाधिक चर्चाको बिषय बन्यो । साउन १९ गते । पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्रीमा निवाचित ।

लोकमान बिरुद्ध महाभियोगसंविधान संशोधन विधेयक दर्ता र फिर्ताभारतीय राष्ट्रपतिको नेपाल भ्रमणएमालेको मेची महाकाली अभियानफागुन ९ गते १९ वर्षपछि निर्वाचन मिति घोषणा

गोलीकाण्ड 

२०७३ सालमा भारतीय पक्षबाट नेपाली माथि हुने गरेका ज्याजतीका घटना कम भएनन । साउन महिनामा सप्तरीको तिलाठीमा भारतीयले नेपालीमाथि आक्रमण गरे । फागुन महिनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारवाट गोविन्द गौतमको मृत्यु ।

बरियता लफडाबर्षको अन्त्यतिर उपप्रधानमन्त्रीको बरियता विबादका कारण मन्त्रीपरिषद्को बैठक बस्न नसक्ने अबस्थाको सृजना भयो । राप्रपा अध्यक्ष कमल थापाले सरकारमा प्रधानमन्त्री पछिको बरियता पाउनु पर्ने अडान राखेपछि अर्का उपप्रधामन्त्री बिमलेन्द्र निधिले राजीनामा दिने सम्मका खवर बाहिर आए ।

बरियता विबादका कारण उपप्रधानमन्त्री मन्त्रीपरिषद् बैठकमा गएनन् ।आइजीपी प्रकरणनेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) प्रकरणलाई लिएर दलहरुबीच लामो बिवद भयो । सरकारले तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेपछि सर्वोच्च अदालतमा मुद्दा पर्यो ।

सर्वोच्च अदालतले नबराज सिलवाललाई प्रहरी प्रमुख बनाउन आदेश दिएपनि कार्यसम्पादन मूल्याङकन (कासमू)को आधारमा सरकारले प्रकाश आर्याललाई प्रहरी प्रमुखको जिम्मा लगायो ।

बैशाख १७ गते  – सुडान घोटालामा तीन पूर्व आइजिपीलाई जेल हाल्ने सुशीला कार्कीको फैसला– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता – प्रधानन्यायाधिशविरुद्धको महाभियोगमा आपत्ति जनाउँदै गृहमन्त्रीद्वारा राजीनामा,– प्रधानन्यायाधीश कार्की विरुद्ध महाअभियोगमा प्रयोग भएको सांसदको हस्ताक्षर कीर्ते गरिएको पाइएको,– सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिने– नबराज सिलवाल अस्पतालबाटै एकाएक बेपत्ता, उनको फोन ‘स्विच अफ’

नेपाली ईतिहासमा यो दिन सम्झिन लायक भएर बित्यो । सत्तासीन माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका सांसदहरुले ब्यबस्थापिका संसदको एक तिहाई संख्या र्पुयाएर सर्बोच्च अदालतकी प्रधानन्यायाधीश शुशिला कार्की उपर महाअभियोग प्रस्ताव सदनमा दर्ता गराएका थिए ।

पछिल्लो क्रममा सुसिला कार्किले बोल्ड निर्णय लिदै गएको भनेर बजारमा उनको तारिफ सुरु भएको थियो। हुन त उनको पैलैदेखि जयजयकार हुँदै आएको होरथियो ।बैखाख ३१ गते स्थानिय तहको पहिलो चरणको निर्वाचन सम्पन्न ।

जेठ १० गते प्रचण्डद्धारा राजीनामा ।

एमालेको संसद अवरोधका कारण मन्त्री परिषदको कार्यलयबाटै राजिनामा ।

जेठ २३ गते शेर बहादुर देउवा संसदमा ३८८ मत सहित प्रधानमन्त्रीमा निर्वाचित ।

चितवन महानगर पालिकाको मत परिणामको विषय विवाद

जेठ २ । दोस्रो चरणको निर्वाचन ।

असोज २ । प्रदेश नम्बर दुईमा निर्वाचन ।

असोज २३ । नेपाली निमार्ण व्यबसायि शरद कुमार गौचनको गोलि हानि हत्या ।

असोज १७ मंगलबार एमाले,माओवादी र नयाँ शक्ति नेपालबीच चुनावी एकतासँगै पार्टी एकताको वहस । विभिन्न विद्येयक पास गर्दै संसदको आजको बैठक सम्पन्न भएको छ । भोलि असोज २८ गते रुपान्त्रित संसदको आयू सकिने छ ।

 



प्रतिक्रिया दिनुहोस्