Logo

निर्वाचनको अधिकतम खर्च सीमा तोकियो, उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने



२७ असोज , काठमाडौं । निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोकेको हो । आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा पच्चीस लाख रुपैंया खर्च गर्न सक्नेछन् ।

प्रदेशसभातर्फका उम्मेदवारले बढिमा १५ लाखसम्म खर्च गर्न पाउने भएका छन् ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु दूई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछन् ।

समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्