Logo

कानुनविद र निर्वाचन आयुक्तसँग छलफल गरेरमात्रै कदम चाल्ने राष्ट्रपतिको तयारी



काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार गरेका छन् ।

संवैधानिक अंगले गर्न नहुने भनेर तोकिएको कार्यमा राष्ट्रपतिजस्तो संस्थालाई समेत मुछ्ने प्रयासमा अहिलेको सरकार लागेको छ । प्रधानमन्त्रीले कमल थापासमेत नयाँ मन्त्री र राज्यमन्त्रीहरुको नामावली शुक्रबार राष्ट्रपतिलाई बुझाएका छन् । र, शनिबार उनीहरुलाई सपथ खुवाउन प्रधानमन्त्रीले राष्ट्रपतिलाई पत्राचार गरिसकेका छन् ।

तर राष्ट्रपति विद्या देवी भण्डारीले भने भोलि के गर्ने भन्नेबारे निर्वाचन आयोगका पदाधिकारी तथा संविधानविदहरुसँग छलफल गर्ने तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्