Logo

विश्व हिन्दु परिषदद्धारा १२ जना पत्रकार सम्मानित–फोटोफिचर



काठमाडौं, २८ असोज । नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले नेपालको धर्म संस्कृतिको सम्वद्र्धन तथा सत्य सुचना प्रवाह गर्ने काममा पत्रकारहरु निरन्तर लागि रहेको बताएका छन् ।

राजधानी स्थित विश्व हिन्दु परिषद नेपालको कार्यलय बसुन्धारामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष मगरले यस्तो बताएका हुन । उनले भने,‘धर्मको नाममा समाजलाई विभक्त र बिभाजित बनाउनेहरुका बिरुद्धमा लेख्नु पत्रकारहरुको धर्म हो, सच्चा पत्रकारहरुको हातमा कलम परिसकेपछि कुनै पनि राजनीतिक बिचार, धर्म विस्थापित हुनुपर्छ, आवाज विहिनको आवाज भएर चल्नुपर्छ।’

उनले अघि थपे,‘विश्व हिन्दु परिषद नेपालले आज जतिपनि पत्रकारहरुलाई सम्मानित गरेको छ, सबै पत्रकारहरु आफ्नो मरिश्रम र मेहनतले यो स्थानमा आउनु भएको छ, हिमालको सिरोट, पहाडको उकाली ओराली र तराईको प्रचण्ड गर्मीमा समाज र आवाज विहिनका आवाज बोल्न, लेख्न र क्यामेरामा खिच्न सफल भएका पत्रकार मित्रहरुलाई मैले सम्मान गर्न पाउदा निक्कै गर्वमहसुस गरेको छु, यस्ता निडर पत्रकारहरुलाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद छ।’

महासंघका उपाध्यक्ष मगरले सकारी मिडियामा कामगर्ने जिल्ला रिपोर्टर्सहरुलाई तत्काल स्थायि गर्नको लागि सरकारसँग माग गरे। उनले भने,‘मुलुकका दुर दराज होस् या तराईको गर्मी र जाडोमा होस् निरन्तर सुचना तथा आवाजहरुलाई बुलन्ध गर्ने पत्रकारहरुलाई सरकारले न्युनतम सुविधा दिएको छैन, समाचार लेखेको भरमा मात्रै सुविधा पाउने स्थितिको अन्त्य गर्नको लागि सरकारसँग महासंघ जोडदार माग गर्दछ।’

त्यस्तै कार्यक्रममा टिका बहादुर पहारीले विश्वको एकमात्र हिनदुराज्य नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु गम्भिर भुलभएको टिप्पणी गरे ।
उनले भने,‘विश्व हिन्दु परिषद नेपाल स्थापनाको ६ वर्षमा मुलुकका ५२ जिल्लामा हाम्रो शाखा छ, २२ सय बढि क्रियाशिल सदस्यहरु छन्, हामीले हिन्दुधर्मको प्रचार गरेका छैनौ, शिक्षा स्वास्थ र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।’

नेपालको पहिचानलाई जोगाउनको लागि राजनीतिक दलहरु चुुकेको बताउदै अध्यक्ष पहारीले सत्य सुचना प्रदान गर्नको लागि पत्रकारहरुले दुर दराजका जनताका पिडा र दुखहरुलाई राज्यको नजरसम्म ल्याउनु पर्नेमा जोड दिए।

त्यस्तै विश्वहिन्दु परिषद  अन्तराष्ट्रिय सह–महामन्त्रि तथा नेपाल प्रमुख स्नेहपाल सिँहले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि नोपली जनताले नै पहल गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘विश्वका हिन्दुहरुको आस्था रधरोहर नेपाल हो, यसलाई हिन्दु राष्ट्र कायम गर्नको लागि नेपाली जनता र पत्रकारहरुले भूमिका खेल्नुपर्छ।’

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका महासचिव प्रदिवराज वन्त, जनकल्याण प्रतिष्ठा नेपालका महासचिव माहाविर घिरैया, संस्थाका प्रचार विभाग प्रमुख मुकुन्द कालिकोटे, वीरेन्द्र बुढाथोकी लगायतले आफ्ना कुराहरु राखेका थिए ।

विश्व हिन्दु परिषद नेपालले मुलुकभरका १२ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।  सम्मानित हुनेमा हिमशिखर टेलिभिजनका विनोदकुमार कटुवाल, न्युज एजेन्सी नेपालका, मेननराज राजभण्डारी, राष्ट्रि«य समाचार समिति (रासस) मा कार्यरत अच्युत रेग्मी, गौरी मासिक पत्रिकाका पत्रकार अर्जुन लामिछाने, राष्ट्रिय समाचार समिति (रासस) लक्ष्मी गारु, रिपोर्टर्स क्लब नेपाल तथा नेपाल वाँणी रेडियो नेटवर्कका पत्रकार धनराज वास्तविक सम्मानित भएका छन् ।

त्यस्तै थाहा खबरका दिपक केसी, हिमालयन टाइम्स दैनिक पत्रिकाको फोटो पत्रकार नवराज श्रेष्ठ, जनकल्याण प्रतिष्ठनद्वारा प्रकाशित एकल समाचार मासिक पत्रिकाको सम्पादक राजाराम दास,नयाँ पत्रिका दैनिकमा फोटो पत्रकार चन्द्रकला क्षेत्री (भगवती ) दि हिमालय टाईम दैनिकका फोटो पत्रकार बाल कृष्ण थापा क्षेत्री र मिडिया एनपी अनलाईन पत्रिकाका फोटो पत्रकार खिलराज बिमली सम्मानित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्