Logo

चिनको जस्तै विकास नेपालमा सम्भव छः प्रमुख चाङ्ग



कौरव खत्रीः गुल्मी २९ असोज ।नेपालको ग्रामिण क्षेत्रको कृषिलाई अध्ययन र अनुसन्धानका लागि चिनका अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली गुल्मी आएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १ को भर्माचौरमा आएको चिनिया अनुसन्धान विकास केन्द्रका टोलीका प्रमुख योङसेङ चाङ्गले भने,‘नेपालमा आफुहरु मित्रता सम्बन्ध कायम गर्न र केही कुराहरु सिक्न सिकाउन आएको भन्दै उहाँले नेपालमा थुप्रै सम्भावनाहरु रहेको बताउँदै यो परिवेश देख्दा आफ्नो गाँउमा आएजस्तो अनुभूति भएको बताउनु भयो ।’

चाङ्गले भन्नुभयो,आफूहरुलाई काठमाण्डौबाट अध्ययन स्थलसम्म आउन ३ सय, ५० किलोमिटर लामो दुरी चिनमा १ घण्टामै यात्रामा पुरा गर्न सकिने बताउँदै आफूहरुलाई ११ घण्टा भन्दा बढी लागेको बताए ।

चाङ्गले भन्नुभयो, आफुहरु यहाँ यसो गर्नुस उसो गर्नुस भनेर किसानहरुलाइ निर्देशन दिन नआएको भइ किसानहरुको विचार सुनेर र आफुले त्यसमा सुझाव दिएर काम गर्ने भन्दै यहाँको कला र संस्कृतिलाइ सिक्ने मौका पनि मिलेको भन्दै खुशी ब्यक्त गदै चिनले पछिल्लो ४० बर्षको अबधिमा विकासले फड्को मारेर अगाढी बढेको बताउँदै नेपालमा पनि यो सम्भव भएको बताउनु भयो ।

कार्यक्रमको अवसरमा बोल्दै चिनको टोली नेपाल ल्याउने काम गरेका समाजसेवी दामोदर भूषालले चिनका काम धेरै कुरा थोरै गर्ने प्रवृति भएको र त्यहाँका किसान र जनता अत्यन्तै मिहेनति भएको कारण विकास भएको बताए।

देशमा समृद्धि कसरी स्थापित गर्ने भनेर चिनिया टोली यहाँ आएकोले चिन सिद्धान्तले भन्दा पनि मिहेनत र कामले विकास गरेको भूषालले बताए ।

नेपालको ग्रामिण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकास गर्नका लागि बाग्लुङ्ग र गुल्मीको पौदी क्षेत्र अन्तर्गतको मुसिकोट नगरपालिका नं. १ भर्माचौरमा रहेको नमूना एकिकृत कृषि फर्मको आयोजनामा अनुसन्धान विकास केन्द्रका प्रमुख योङसेङ चाङ्ग ४ जना र नेपाली सहितको चिनिया टोली स्थानीय सोरठी भैलो पञ्चेबाजा लगायतले स्थानीयहरुले भव्य स्वागत गरेका छन।

यो टोलीले अब यहाँ सम्बन्धी बृहत कार्ययोजना बनाइ चिन पठाइएपछि काम सुरु हुने भएको छ । त्यसपछि मात्र यस क्षेत्रका कृषकहरुलाई चिनमा नै लगेर तालिम दिने र कम लागतमा छोटो समयमा अधिक उत्पादन गर्न सकिने गरी उनीहरुलाई आगामी बर्ष २०१८ मा चिनमा तालिम दिइने भएको छ ।

टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चिनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली अगाडी बढ्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्