काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरुले आजै राजिनामा दिने तयारी गरेका छन् ।
माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिनुअघि प्रधानमन्त्री देउवासँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । उक्त भेटवार्तासँगै माओवादीक केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सरकार छाड्नुअघि उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो ।