Logo

माओवादीले तत्काल सरकार नछाड्ने, प्रधानमन्त्री देउवामाथि यस्तो छ गम्भिर आरोप



काठमाडौं, ३१ असोज । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले तत्काल राजिनामा नदिने निर्णय गरेका छन् । यसअघि उपप्रधानमन्त्री समेत रहेका परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफूहरु राजिनामा दिने निर्णयपत्र हातमा लिएर बसेको भन्दै आजै सरकारबाट बाहिरिने संकेत गरेका थिए ।

तर महराले पत्रकार सम्मेलन गरेको ठीक एक घण्टा बित्न नपाउँदै गृहमन्त्री जनार्दन शर्माले आफूहरुले तत्काल सरकार नछाड्ने स्पष्ट पारे । नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

गृहमन्त्री जनार्दन शर्माले पत्ररकार सम्मेलन गर्दै प्रधानमन्त्रीले निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको कारण त्यसलाई रोक्न सरकारबाट आफूहरु नबाहिरिने निर्णय गरेको सुनाए । सरकारबाट बाहिरिन लेखेको चिठ्ठि देखाउँदै शर्माले उक्त सूचनापछि निर्णयबाट पछि हटेको दावी गरे।

आज बिहानमात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटपछि दाहाले सरकारबाट मन्त्री फिर्ता बोलाउने मनस्थितिमा पुगेका थिए। भेटमा प्रधानमन्त्रीले माओवादीमन्त्रीहरुलाई विनाविभागीय बनाउने चतावनी दिएको स्रोतले बतायो।



प्रतिक्रिया दिनुहोस्