Logo

जनताको फैसला जनताले गरुन्, न्यायालय आफ्नो बाटोमा हिँड्छ : प्रधानन्यायाधिश पराजुली



पत्रकार धमलासँग पराजुली छमछमी नाँचेपछि……
काठमाडौं, २ कार्तिक । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबारे रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै प्रधानन्यायाधिश पराजुलीले मुलुक यतिवेला चुनावमय भएको बताएका हुन् । उनले भने,‘मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबैको सहभागिता होस्, निर्वाचन समयमै सम्पन्न हुन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।’

पराजुलीले पत्रकार ऋषि धमलाको प्रशंसा गर्दै भने,‘ऋषिजीको बोली र गोली उस्तै हो, उहाँको शैली बडा गज्जबको छ, म पनि उहाँको प्रहारलाई रोक्न सक्दिन्।’ उनले न्यायालय र आम सञ्चार एउटै सिक्काको दुई पाटा जस्तै भएको समेत तर्क गरे।

उनले मानिस भएपछि अलि–अलि रमाईलो पनि गर्नुपर्ने र गम्भिर पनि बन्नुपर्छ भन्दै सफल हुनको लागि अलि–अलि भाग्य र अलि–अलि नियतपनि हुनुपर्ने बताए । पराजुलीले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ छबि र उच्च मर्यादित भएमात्रै देश समृद्ध र सभ्य हुने स्पष्ट पारे ।

त्यस्तै उनले सञ्चारकर्मीले निश्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले अघि भने,‘न्यायालयलाई पत्रकारिताको साथ छ, पत्रकारहरुले सत्यको पक्षमा लेख्नुपर्छ, हुन त तपाईहरुले लेखिरहनुभएको छ पनि।’ उनले सञ्चारकर्मी र न्यायाधिश कसैको नहुँने जिकिर गरे । उनले भने,‘तपाई सञ्चारकर्मीहरु र हामी एउटै हौं ।’

प्रधानन्यायाधिश पराजुलीले क्लबको देउसी भैलो टोलीलाई सत्यको भैली खेल्न र आवाज बुलन्द गर्न आग्रह गरे । उनले देउसीको भाका हाल्दै भने,‘ खेलौ खेलौं भैलो, अहिलेलाई भैगयो।’

उनले न्यायालय आफ्नो गतिमा चल्ने बताउँदै थपे‘न्यायलयले संविधान र कानुनको संरक्षण गर्छ, जहाँ जहाँ न्याय पद्धती बलियो, त्यही त्यही विकास भएको छ, सभ्यता बलियो भएको छ ।’

कार्यक्रममा प्रधानन्यायाधिश पराजुली पत्रकार ऋषि धमलाको हात समातेर छमछमी नाचेका थिए । निकै खुशी मुद्रामा प्रस्तुत भएका पराजुलीले देउसीको लय हालेर समेत गाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्