Logo

ऋषि धमलासँग प्रमुख निर्वाचन आयुक्त यसरी नाँचे छमछमी (फोटोफिचर)



‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई छुट हुँदैन्’

काठमाडौं, ३ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव आज रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा क्लबका सभापति ऋषि धमलासँग हात समातेर छमछमी नाँचेका छन् ।

शुक्रबार विहान धमलाको नेतृत्वमा पुगेको टोलीसँग निकै उत्साहित मुद्रामा प्रस्तुत भएका यादव आफू मात्रै नाचेनन उनकी श्रीमतिलाई समेत नचाए ।

यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे तस्विर : मुकुन्द कालिकोटे तस्विर : मुकुन्द कालिकोटे तस्विर : मुकुन्द कालिकोटे तस्विर : मुकुन्द कालिकोटे

यादवले शंका गर्नुभन्दा पनि निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको भन्दै यतातर्फ सोच्न आग्रह गरे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ललितपुरस्थित् आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरेका हुन् । उनले भने,‘निर्वाचनप्रति अब कुनैपनि किसिमको शंका राख्नुहुँदैन, बरु शंका त स्वतन्त्र, स्वच्छ र स्वतन्त्र निर्वाचन कसरी गर्ने भन्नेबारे गर्नुपर्यो, तपाईहरुले पनि अब दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिनुहोस्, घरदैलोको रुपमा अघि बढ्नुहोस्, हाम्रो ऋषिजी लागिरहनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग निकै स्फूर्त मुद्रामा प्रस्तुत भएका प्रमुख निर्वाचन आयुक्त यादवले स्वतन्त्र निर्वाचन सम्पन्न गराउन आयोग लागिपरिरहेकोले उक्त लक्ष्यमा मिडियाले पनि उतिकै सहयोग पुर्याउने आफूहरुले अपेक्षा लिएको सुनाए ।

यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न निर्वाचन आयोग दृढ संकल्प र आत्मविश्वस्त रहेको जनाए ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग तिहारको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रममा निर्वाचन सफल बनाउनेबोमा पनि विशेष कुराकानी भएको उल्लेख गर्दैै उनले भने,‘तिहारको शुभकामना आदानप्रदानसँगै हामीवीच निर्वाचन सफल बनाउनेबारे पनि छलफल भयो, उहाँले विश्वस्त पार्नुभयो कि सरकारको तर्फबाट जस्तोसुकै सहयोग गर्नपनि म तयार छु भन्नुभयो, सोही प्रबिद्धतासहित हामी पनि बढिरहेको छौं, निर्वाचन सफल रुपमा सम्पन्न हुन्छ ।’

उनले प्रधानमन्त्री देउवाले आयोगलाई कुनै समस्या नपर्ने बताउँदै निर्भिक भएर अघि बढ्न आग्रह गरेको समेत जानकारी दिए । उनले थपे,‘प्रधानमन्त्रीज्यूले हामीलाई सबै किसिमको सहयो गर्न तयार छौं भन्नुभएको छ ।’

आयोगले प्रधानमन्त्री मात्रै नभएर सरकारका मन्त्रीहरु, विभिन्न दलका नेताहरुसँग पनि भेटघाट गर्न पाउने भन्दै यादवले थपे,‘परामर्श जोसँग पनि गर्छौं, प्रधानमन्त्रीलाई भेट्दैमा निर्वाचनमा असर पर्छ भनेर आशंका नगर्नुहोस।’

यद्धपी उनले पावरमा भएका व्यक्तिहरुबाट चुनावमा यसको मिसयुज नहोस् भनेर आफूहरुले बेलाबेलामा ध्यानाकार्षण गरेको पनि विश्वास दिलाए । निर्वाचन राष्ट र जनताको आवश्यकत्ता भएको भन्दै यसलाई सफल रुपमा सम्पन्न गर्नु सम्पूर्ण नेपालीहरुको कर्तब्य भएको उनको भनाई थियो । उनले थपे,‘निर्वाचन सफल बनाउनको लागि म सबैमा हार्दिक आभार व्यक्त गर्दछु, यो निर्वाचन सफल बनाउनको लागि हामी सबै आयोग, सरकार, दलहरु, मिडियाहरु लाग्नुपर्छ ।’

निर्वाचन आचारसंहिता पालना गर्ने कुरा नैतिकताको कुरा भएकोले सबैले पालना गरिरहेको आफूहरुले पाएको उनले जनाए । ‘कुनै ठाउँमा जानी नजानी भएको भए हामी कारबाही गर्छौं, गरेका पनि छौं, हामी त जनताका सिपाहीँ हौं, मिडियाले पनि हेर्नुपर्यो, हामीलाई जानकारी गराउनुहोस्, आचारसंहिता उल्लंघन गर्नेलाई कुनैपनि किसिमको छुट हुँदैन् ।’

कार्यक्रममा यादव पत्रकार ऋषि धमलासँग छमछमी नाँचेका थिए । देउसी–भैलोको भाकामा निकै उत्साहित बनेर आफूलाई प्रस्तुत गरेका यादवले चाडपर्वले सबैमा उमंग ल्याएझैं अब निर्वाचनले पनि जनतामा व्यापक खुशीयाली ल्याएको विश्वास व्यक्त गरे ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्