Logo

मित्रसेन दाहालको ठाउँमा लिलाबल्वभलाई टिकट नदिए विद्रोह गर्ने ओखलढुँगा कांग्रेस पौडेल समूहको चेतावनी



‘अधिकांश नेताहरुले दिए सामुहिक राजिनामा’
काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत ‘क’ मा लिलाबल्दव दाहाल (काका) को ठाउँमा मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगा पौडेल समूहले असन्तुष्टि पोखेको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि यसअिघ नै उम्मेद्धवार बनाईएको भनेर काठमाडौं बोलाईएका उम्मेवद्धवारका प्रत्यासी दाहाल (काका) ले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

पार्टी निर्णयको विरुद्धमा शुक्रबार साँझ रिपोर्टर्स क्लब नेपालमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्व नै पैसाको चलखेलमा लागेकोले आफूजस्तो लगनशील, योग्य र पार्टीमा लामो समयदेखि योगदान गरेको उम्मेद्धवारलाई पाखा लगाएर टिकट असक्षम व्यक्तिलाई बेचिएको आरोप लगाएका हुन् ।

उनले भने,‘अघि साँझ चार बजे सम्म मलाई नै टिकट दिने तयारी थियो, हामी तीनै जना रामहरि खतिवडा, प्रदिप सुुनुवार र म आँफै टिकट लिन बालुवाटार पुगेका थियौं, झण्डै ४ घण्टा म बालुवाटारमा बसें तर एकाएक मेरो ठाउँमा मित्रसेन जो समाजसेवाको नाममा २० करोडको आश्रम त्यो पनि ओखलढुँगा जिल्लाभित्रै नभएर काठमाडौंको आसपासमा बनाएकोले उनी टुरिष्ट उम्मेद्धवार हुन्।’

२ दिनअघिमात्रै पनि उनले आफू फोहोरी खेलबाट बाहिरिएकोले अब आश्रममै पूर्ण रुपमा व्यस्त हुने धारणा सार्वजनिक रुपमा पोष्ट गरेका मित्रसेनलाई टिकट दिनु भनेको पैसाको चलखेल नै भएको उनको आरोप थियो ।

कार्यक्रममा महासमिति सदस्यहरु कुमार लुईटेल, कमल तामाङ्, महाधिवेशन प्रतिनिधिहरु रामजी बास्तोला, तरुण दल ओखलढुँगाका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र रुम्दाली, पूर्व उपसभापति सिताराम श्रेष्ठ, जनजाति संघका जिल्ला अध्यक्ष लेखबहादुर राई, र जिल्ला सदस्य अजय लुईटेलले उक्त टिकट वितरणप्रति असहमति रहेको जनाउँदै तत्काल निर्णय नसच्याए तत्काल विद्रोहमा उत्रिने चेतावनी दिएका हुन् ।

त्यस्तै टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनामा दिएका छन ।

पत्रकार सम्मेलनमार्फत नै उनीहरुले सामुहिक राजिनामा गरेका हुन । विहिबार साँझ टिकट फाइनल गरी शुक्रबार टिकट दिने बेलामा फरक नाम आएपछि टिकट वितरणमा व्यापक पैसाको चलखेल भएको नेताहरुको आरोप छ ।

ओखलढुंगाका लागि कांग्रेसले केन्द्रमा रामहरी खतिवडा प्रदेश क मा लिला बल्दव दाहाल र प्रदेश ख मा प्रदीपकुमार सुनुवारलाई फाइनल गरी शुक्रबार ११ बजे टिकट लिनका लागि बोलाइए पनि प्रदेश क बाट लिला बल्दव दाहालको नाम काटेर मित्रसेन दाहाललाई टिकट वितरण गरिएपछि विवाद सुरु भएको छ ।

युवा पुस्ताका ढुकढुकी बनेका लिला दाहालको टिकट खोसिएपछि ओखलढुंगाका युवाहरु आक्रोस भएका छन । त्यसैगरी प्रदेश ख मा प्रदीप सुनुवारलाई टिकट दिएपछि प्रदेश ख का अन्य नेताहरुले समेत असन्तुष्ट जनाएका छन ।

नियम विपरित पार्टीले टिकट वितरण गरेपछि युवाहरुमा अव विद्रोह गर्ने संकेत देखिएको छ । अधिकांश युवाहरुले सामाजिक सञ्जाल फेसबुक मार्पmत विद्रोहका लागि क्याम्पिएन नै सुरु गरेका छन ।



प्रतिक्रिया दिनुहोस्