काठमाडौं, ५ कार्तिक । राप्रपा ‘प्रजातान्त्रीक’का अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्रवादीहरु एकताको डोरीमा बाँधिनको लागि आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको वृहत र्यालीलाई सम्बोधन गर्दै अध्यक्ष राणाले प्रजातान्त्रीक एकताको लागि आह्वान गरेका हुन।
हिजोमात्रै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिक बीच चुनावी तालमेलका बारेमा गरिएको सहमतिको आधारमा अध्यक्ष राणा गृह जिल्ला सिन्धुपाल्चोक पुगेका छन् । आजै अध्यक्ष राणाले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै राप्रपा ‘प्रजातान्त्रीक’ पार्टीकी सह–महामन्त्री रेखा थापाले अध्यक्ष राणालाई सिन्धुपाल्चोकका जनताले विजयि बनाउने दाबि गरेकी छन् ।
उनले भनिन्,‘सिन्धुपाल्चोकका हरेक अहसजतामा साथ दिनुभएको र यसै जिल्लाको केन्द्रिय स्तरको नेता भएको कारण उहाँलाई जनताले भोट दिनुहुन्छ।’
प्रजातन्त्र र लोकतन्त्रको लामो अभ्यासबाछ मुलुक आर्थिक विकास र समुन्नत दिशामा मुलुक गहिरहेको बताउँदै सह–महामन्त्री थापाले महिला अधिकारको लागि आफुले निरन्तर संघर्ष गर्दै आएको बताईन ।
सह–महामन्त्री थापाले अघि थपिन,‘मैले चलचित्रको माध्याय मार्फत महिलाका अधिकार र स्थितिलाई उजागर गर्दै आएकी छु, बाँकि दिनमा पनि मुलुक भरका महिला दिदीबहिनीको साथमा रहेर काम गर्ने प्रण गर्दछु, पछिल्लो समयको विकसित राजनीतिक धुव्रिकरणले मुलुकलाई नयाँ दिशा तर्फ लिन्छ भन्नेमा म विश्वस्त छैन्, यो सत्ता र शक्तिको लागि भैरहेको छ, सत्ता र शक्तिको आयु धेरै हुँदैन, हामीले मुलुकको भविष्यको सुन्दर बनाउने लक्ष्यका साथ अघि बढि रहेकाछौँ यस कार्यमा जनताले हामीलाई साथ दिन्छन्।’