कात्तिक १७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी चुनावका लागि टिकट वितरणमा कमजोरी स्विकार गर्दै बागी उम्मेदवारी दिनेलाई कारबाही गरिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले बागी उम्मेदवारी दिनेका लागि फिर्ता लिने समय भएकाले त्यसअवधिभित्र उम्मेदवारी फिर्ता लिन कोइरालाले सुभाmब दिएका छन् ।
“हामी सम्झाउँदै छाँँ। फिर्ता लेउ भनेर भन्दैछौँ ।” नेता कोइरालाले भने ।
सबै नेता कार्यकर्ता अनुशासनमा बस्नुपर्ने औँल्याउँदै नेता कोइरालाले भने, “कांग्रेसको विधानमा बागी वा स्वतन्त्र उम्मेदवार हाल्यो भने पार्टीबाट तुरुन्तै निष्कासन गर्न सकिने व्यवस्था छ । अनुशासन समिति पनि चाहिदैन । प्रस्तावक सर्मकसहित कारबाहीमा पर्छन् ।”
तर शीर्ष नेताहरुले पनि गल्ती स्विकार गरेर बागी उम्मेदवारी फिर्ता लिने वातावरण बनउनुपर्नेमा कोइरालाले जोड दिएका छन् ।
कांग्रेस संसदीय बोर्डमा रहेका कोइरालाले टिकट वितरणमा न्याय गर्ने प्रयास भए पनि केही कमी कमजोरी भएको स्विकार गरेका छन् ।
लोकतान्त्रिक गठबन्धन हुन नसक्नुमा कांग्रेससहित रजपा, फोरम र दुवै राप्रपा जिम्मेवार भएको कोइरालाको भनाई छ ।
राप्रपाले गठबन्धन गर्ने भनिएको झापा ३ मा राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाएर गल्ती गरेको आरोप लगाए । कृष्ण प्रसाद सिटौला उठ्ने भनेपछि राप्रपाले छाड्नुपर्नेमा सोही क्षेत्र रोज्नु गलत भएको कोइरालाको तर्क छ ।