Logo

अर्घाखाँचीलाई समृद्ध बनाउने उम्मेदवारहरुको प्रतिबद्धता



अर्घाखाँची १७ कात्तिक । अर्घाखाँचीबाट प्रतिनिधीसभाको लागी मनोनयन दर्ता गरेका उम्मेद्धवारहरुले जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

राजनीतिक क्रान्ति सम्पन्न भई आर्थिक समृद्धिको लागी आफनो उम्मेदवारी भएको माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझीले बताए । ‘नमुना जिल्ला बनाउनको लागी आफ्नो उम्मेदवारी भएको भन्दै उनले निर्वाचनमा जनताको मन जित्ने कुरा ठुलो भएको बताए ।

स्थानीय तहको निर्बाचन सम्पन्न भइ केन्द्र र प्रदेशको निर्बाचन हुन लागेको छ उनले भने, ‘यो सबिधान कार्यान्वयनको चरण हो, अब देशमा खुद्रा पसल जस्तो पार्टीहरु धान्न नसकने अबस्था भएकोले वाम एकता आवश्यक छ ।’ नेता रायमाझीले बिचार मिल्नेहरुसंग पार्टी एकता हुनुपर्नेमा जोड दिए ।

रिपोर्टस क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उम्मेद्धवारले सो प्रतिबद्धता गरेका हुन । अर्घाखाँचीका जनताको स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि आफ्नो उम्मेदवारी भएको र सांसदको तलबबाट आउने रकम क्उान्सर रोगीको उपचारमा लगानी गर्ने नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा. रामबहादुर बिसीले बताएका छन् ।

‘विकास गर्नको लागी उम्मेदवार भएर आएकाले जिल्लाको विकासमा निरन्तर लाग्ने छु, उनले भने– नमुना जिल्ला बनाउने अभियान मेरो हुनेछ ।’ केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्याक्ति खोजेकोले मैले जीत्ने निश्चित छ उनले भने ।

नेपाललाई बैदेशिक हस्तक्षेपबाट बचाई संघियताको खारेजीका लागी उम्मेदवारी भएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बि.सीले बताए । ‘संबिधान संशोधन गर्ने देशलाई टुक्राउनेसंग तालमेल हुदैन बाम गठबन्दन संग छलफल भैरहेको छ उनले भने – कुरामिलेमा उम्मेद्धवारी फिर्ता हुने पनि सम्भावना छ ।’

आर्थिक समृद्धिको लागी नयाँ बिकल्पको रुपमा नयाँ शक्तिका उम्मेदवार देश भरबाट बिजयी हुने नयाँ शक्तिका प्रतिनिधीसभाका उम्मेदवार छन्द पन्थीले बताए । ‘देशमा भएको राजनैतिक अस्थीरतालाई हटाई देश अब नयाँ युगमा प्रबेश गरेको छ, उनले भने – आर्थिक समृद्धिमार्फत देशको बिकास गर्नका लागी नयाँ शक्तिको बिचारबाट मार्फ सम्भव छ ।’

बिबेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र नयाँ सोचका साथ हामी अर्घाखाँचीमा चुनाबि मैदानमा उत्रिएको बताए । ‘हाम्रो पार्टि जनताका माझ हाम्रा बिचार लिएर जाने छौ उनले भने –अन्य पार्टीभन्दा फरक तरिकाबाट अगाडि बढने हुदाँ यस पटक साझा बिबेकशिललाई रोज्नेमा बिश्वस्त छु ।’



प्रतिक्रिया दिनुहोस्