मंसिर ३, काठमाण्डौ । प्रकाश दाहाललाई सधैँभरी प्रचण्डपुत्रका रुपमा मात्रै लिने गरिन्थ्यो । त्यसमा पनि बेलाबेलामा प्रकाशले गर्ने केही गतिविधिले उनी आलोचित भइरहन्थे । विवादमा आइरहन्थे ।
तर,
प्रकाश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्रमात्र नभएर पार्टीका होनहार योद्धा पनि थिए । तत्कालीन माओवादी सशस्त्र युद्धमा रहेका बेला प्रकाश ऐस आरामको खाजीमा लागेनन्, लुकेर बसेनन् । उनी पनि आफ्ना पीता र अन्य योद्धासँगै क्रान्तिको अभियानमा होमिएका थिए ।
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि बेला–बेला विवादमा आउने प्रकाशले बाहिर हल्ला भएजस्तो आफ्ना पीता शक्तिमा रहँदा त्यसको फाइदा नउठाएको माओवादीका कतिपय नेता बताउँछन् ।
केही समयअघिको विवाद र आलोचनालाई छायाँमा पार्ने प्रयास पनि प्रकाशले गर्दै आएका थिए । उनी पछिल्लो समय पिता प्रचण्डको सहयोगि बनेर सकारात्मक भूमिकामा सक्रिय थिए ।
प्रकाशलाई सर्वहारा वर्गीय राजनीतिक धरातल र वर्ग सङ्घर्षको पेचिलो मोर्चाबाट निखारिएका युवा नेताका रुपमा अथ्र्याउनेहरु पनि छन् । प्रकाश दाहाल राष्ट्रिय राजनीतिका निर्णायक पात्र पक्कै थिएनन् । तर, उनको भूमिका र सम्बन्धले माओवादी आन्दोलन, नेतृत्व र भविष्यमा निकै ठूलो अर्थ राख्ने माओवादी नेताहरु बताउँछन् । कुनै बेला उनी प्रकाश दाहाल मात्रै थिए । संयोग र साधनाले उनलाई त्योभन्दा फरक भूमिकामा पुर्याएको थियो ।
पछिल्लो समय उनको भूमिका प्रचण्ड र नेपाली राजनीतिको सफलता र असफलतासँग गाँसेर हेर्न थालिएको थियो । प्रकाश दाहाल एक कुशल प्रशासक एवं व्यवस्थापक थिए । प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री, हरेक समय र जिम्मेवारीमा उनको भूमिका एक प्रशासक र व्यवस्थापककै हुने गरेको छ । उनले गरेको प्रशासकीय व्यवस्थापनले सबैका लागि चित्तबुझ्दो नभएपनि त्यसका आफ्नै सीमा र समयको दवाव पनि थियो । स्थानीय तहदेखि केन्द्र अनि अन्तर्राष्ट्रिय समुदायसम्मको संयोजनको भूमिकामा रहेका कारण जस अपजसको भागिदार पनि उनी नै हुने गरेका थिए ।
तर, उनको भूमिकाकै कारण यी सबै अन्तरविरोध र दवावका बाबजूद पनि प्रचण्ड प्रधानमन्त्री हुँदा वा पार्टी अध्यक्ष हुँदा व्यवस्थापकीय जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक नै निर्वाह गरे । प्रकाशसँग सबैभन्दा ठूलो पूँजी समयको व्यवस्थापन र कुशल प्रशासन थियो । उनी समयको महत्व बुझ्थे, जनताको भावनाको प्रतिनिधित्व गर्नैपर्ने कार्यक्रम र भेटघाटको गुरुत्वको राम्रो बोध गर्थे ।
उनी प्राथमिक कार्यसूचीमा राख्नैपर्ने कार्यक्रमको व्यवस्थापनमा आफ्नो अडान राख्थे । कसले के भन्छ रु त्यसको उनी मतलव गर्दैनथे ।
बरु, कसरी प्रचण्ड सफल हुन्छन्, कुन योजना र कार्यक्रमलाई प्राथमिकता दिँदा जनताको सेवा, आर्थिक समृद्धि र वर्गको आकांक्षा पुरा हुन सक्दछ रु त्यसमा उनको पुरै ध्यान जान्थ्यो । यसो गर्दा कहिलेकाहीँ आफ्नो स्वार्थ पूर्ति नहुँदा नेताहरु उनीसँग बिच्कने पनि गरेका थिए ।
प्रकाशको अर्को विशेषता प्रशासकीय कुशलता थियो । उनी प्रशासक, कुटनीतिज्ञ, राजनीतिज्ञ लगायतका सबैसँग दमका साथ आफ्नो मत राख्ने हैसियत राख्थे । उनी निर्भिकतापूर्वक आफ्नो कुरा राख्थे । रत्यसलाई कार्यान्वयन गराएरै छोड्थे । उनको यहीँ विशेषताका कारण प्रशासक, राजनीतिक नेतादेखि कुटनीतिज्ञसम्म सबै उनको कुशलतासामू नतमस्तक थिए ।