Logo

नेपाली कांग्रेसद्धारा आक्रमणका घट्ना नदोहोर्याउन विपक्षी दललाई चेतावनी



ललितपुर, ८ मंसिर । नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङ्गमा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई लक्षित गरी विपक्षी एमालेका कार्यकर्ताहरुबाट भएको भौतिक आक्रमणका निन्दा गर्दै त्यस्ता क्रियाकलाप नदोहो¥याउन चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको एमालेको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ।”

बाजुराको बुढीगंगा नगरपालिका वडा नं १ मा बिहिबार राति ८ बजे एमालेका करीब ४० जना कार्यकर्ताहरुको समूहको धारिलो हतियार प्रहारबाट नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताह ६ जना— शिक्षक कृष्णबहादुर थापा, अम्म थापा, निर्वाचित वडा सदस्य ललित थापा, गोपाल थापा, गोरे सनाई र लाल नेपाली घाइते भएको कांग्रेसले जनाएको छ । यो घट्नामा डम्बर थापा, रमेश नेपाली र किसन नेपाली अझै सम्पर्क विहिन अवस्थामा रहेका छन।

घाइतेहरुको जिल्ला स्वास्थ्य कार्यालय, बाजुरामा उपचार भैरहेको छ । एमालेका कार्यकर्ताहरुले घाइते कृष्ण थापाको मोवाइल, डायरी, ज्याकेट र नगद समेत लुटेका छन् । सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन मा।वि।को तलतिर एकान्त ठाउँमा सुनियोजित तवरले एमालेका कार्यकर्ताहरुले पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

त्यस्तै धादिङको धुवाकोट गाउँ कार्यसमितिका सभापति सन्तोष बस्ताकोटीलाई एमालेका वडा प्रमुख सहितको ९ जनाको समूहले शुक्रबार विहान ६ बजे सुतिरहेको अवस्थामा खुकरी सहितको धारिलो हतियारले आक्रमण गरी गम्भीर घाइते बनाएको र उहाँको टाउँकोको दाया भाग र दुवै खुट्टामा गहिरो घाउ लागेकोे छ ।

उहाँको अवस्था अत्यन्त चिन्ताजनक रहेकोले आजै विहान हेलिकोप्टरबाट काठमाडौँ ल्याई ट्रमा सेन्टरमा उपचार भैरहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले एमालेले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय भन्दै नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने जनाएको छ ।

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको जनाउदै यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन चेतावनी दिएको छ ।

कांग्रेसले यी घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्