Logo

काठमाडौं-२८ वडामा राप्रपा रित्रियो, सम्पूर्ण सदस्यहरु एमालेमा प्रवेश (फोटोफिचर)



काठमाडौं ८ मंसीर । राप्रपा २८ वडाका स्थानीय निकायका उम्मेदवारसहित सम्पूर्ण सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले २८ वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश तथा प्रतिवद्धता जागरण कार्यक्रममा राप्रपाका देवनारायण तण्डुकारसहित ५२ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

लोकेन्द्र खड्गी, निरदेवी श्रेष्ठ, फरिदा बानु, देवी नेपाली, चैतनारायण महर्जन, मनोज खड्गीलगायत ५१ जना राप्रपाका सदस्य तथा कार्यकर्ताहरुलाई काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले टिका तथा खादा ओडाउँदै एमालेमा प्रवेश गराएका हुन् ।

नव प्रवेशीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर विद्यासुन्दर शाक्यले बाम गठबन्धनले दुईतिहाई बहुत नभए पनि स्पष्ट बहुमत ल्याउने लक्ष्य लिएर निर्वाचनमा होमिएको बेला तपाईहरुको एमाले प्रवेशले थप हौसला मिलेको बताए ।

एमाले र माओवादी केन्द्रमा प्रवेशको लहर चलिरहेको छ यही तरिकाले बाम गठबन्धनलाई बलियो बनाईदिनुभयो भने निर्वाचनपछि बन्ने ५ बर्षे सरकारले नेपाल र नेपालीहरुको भविश्य उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं क्षेत्र नं . ६ का प्रदेश सभाका उम्मेदवार केशव स्थापितले आफूलाई जिताए म मेयर हुँदा जसरी काम गरेको थिएँ त्यो भन्दा दोब्बर खटेर काम गर्ने आश्वासन दिए ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार झक्कु सुवेदीको पनि उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्