Logo

महिला र जनजातिको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : पौडेल



दमौली, तनहुँ, ८ मंसिर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महिला र जनजातिको अधिकार सुनिश्चित गर्न पनि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभएको छ ।

व्यास नगरपालिका–१ भादगाउँमा आज आयोजित चुनावी कोण सभामा काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयन र गणतन्त्रको संस्थागत विकासलाई अगाडि बढाउँदै लगेको उल्लेख गर्नुभयो ।

आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको पौडेलले बताउनुभयो । वाम गठबन्धनका नाममा देशमा अधिनायकवाद ल्याउन खोजिए पनि नेपाली जनताले त्यो पूरा हुन नदिने दाबी उहाँको छ ।



प्रतिक्रिया दिनुहोस्