Logo

वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल



कञ्चनपुर, ८ मंसिर (रासस) : नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ ।

आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता खतरामा पार्ने कार्य काँग्रेसले मधेशी मोर्चासँग गठबन्धन गरेर निम्त्याएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सोही नयाँ नेपाल निर्माण, आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले दुई पार्टीका दुई अध्यक्षले खतरा मोलेर आँट गरी नयाँ पार्टी निर्माणका लागि कार्य अगाडि बढाएको उल्लेख गर्नु हुँदै देशलाई नयाँ दिशा दिने प्रयत्न गर्नुभएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्