Logo

विदेशीको इशारामा चल्नेले देश बनाउँदैनन् : मन्त्री पाण्डे



चितवन, ८ मंसिर (रासस) ः वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले विदेशीको इशारामा चल्ने नेताले राष्ट्र समृद्ध बनाउन नसक्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ अन्तर्गत आज भरतपुर महानगरपालिका–१६ को झनझनेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफूले निर्वाचन जित्दा र नजित्दा पनि जनताको साथ कहिल्यै नछाडेको बताउनुभयो ।

विसं २०७० मा ५ नं क्षेत्रमा आफू र २०७१ मा ४ नं क्षेत्रमा नेपाली कांग्रेसका रामकृष्ण घिमिरेले चुनाव जितेपछि हालको निर्वाचन क्षेत्रमा विकास निर्माणले गति पाएको उहाँको जिकिर थियो ।



प्रतिक्रिया दिनुहोस्