Logo

काँग्रेसका शिर्ष नेताहरु पाल्पाको रामपुरमा



९ मंसिर, काटठमाण्डौ । प्रधानमन्त्री सहित नेपाली काँग्रेसका शिर्ष नेताहरु आज पाल्पाको रामपुर जानुहुने भएको छ । पार्टीका तर्फबाट उम्मेदबार भएकाहरुलाई मत माग्न र निर्वाचनको माहौल बनाउनका लागि शिर्ष नेताहरु आज हेलिकोप्टरबाट रामपुर जान लाग्नु भएको हो ।

पाल्पाको क्षेत्र नं. १ मा पर्ने रामपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उद्योगपति विनोद चौधरी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतका नेताहरु जान लाग्नु भएको हो ।

पाल्पाको क्षेत्र नं. एक बाट प्रतिनिधि सभाका लागि काँग्रेसको तर्फबाट जिउँदो सहिदका रुपमा चिनिने विजयराज घिमिरे, प्रदेश क मा देवराज ढकाल र प्रदेश ख मा दानबहादुर पछाई उम्मेदबार हुनुभएको छ ।

चुनावी सभा दिउसो १२ बजेपछि बेझाँड बजार मंचमा गर्ने तयारी भएको र गाँउ गाँउबाट मतदाताहरुलाई बोलाइएको उम्मेदबार घिमिरेले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्