Logo

राष्ट्रपतिबाट नेता निधिको स्वास्थ्यस्थितिबारे चासो



काठमाडौँ, ९ मंसिर (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज आफ्ना राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेल र सञ्चारविज्ञ माधव शर्मालाई अस्पताल पठाई उहाँको अवस्था बुझ्नुभयो । निमोनिया रोगको उपचार गराइरहनुभएका नेता निधिले राष्ट्रपतिबाट व्यक्त चासो र स्वास्थ्यलाभको कामनाप्रति आभार प्रकट गर्नुभएको सञ्चारविज्ञ शर्माले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्