Logo

“गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लाेकतन्त्रकाे हित हुँदैन”: प्रचण्ड



पुत्रवियाेगपछि अध्यक्ष प्रचण्डकाे चुनावी घरदैलाे अभियान

मंसिर ९, भरतपुर। अाफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालकाे निधनकाे वियाेगमा रहनुभएका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि अाफ्नाे चुनावी अभियान सुचारु गर्नुभएकाे छ।

शनिबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवं चितवनकाे प्रतिष्ठित बखान सहकारीका अध्यक्ष माेहनसिंह लामा लगायत डेढ सय कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भयाे। शनिबार बिहान नै अध्यक्ष प्रचण्डले भरतपुर-२६ काे ज्याेतिनगरमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्नुभयाे।

ज्याेतिनगरकाे सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नुभयाे, “याे क्षेत्रमा कांग्रेसकाे उम्मेद्वार छैन। तपाईहरु बिपीलाई सम्मान गर्नुहुन्छ भने समाजवादका लागि सङ्घर्ष गर्ने प्रचण्डलाई भाेट दिनु पर्छ। शान्ति प्रक्रियाका २ हस्ताक्षरमध्ये म जीवित छु। तपाईहरुले गीरिजा बाबू र शान्ति प्रक्रियालाई सम्मान गर्नुहुन्छ भने मलाई भाेट दिनुपर्छ। गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लाेकतन्त्रकाे हित हुँदैन।”

शनिबार दिनभर अध्यक्ष प्रचण्डले भरतपुर-२६ का विभिन्न टाेलमा घरदैलाे गर्नुभयाे। अभियानकाे क्रममा मतदाताले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए। पुत्रवियाेगमा रहेका कारण अध्यक्ष प्रचण्डले माला र खादा भने लगाउनु भएन।



प्रतिक्रिया दिनुहोस्