Logo

देउवा एक रातपनि डढेलधुरा नबस्ने : दिनभरि हेलिकप्टरबाट चुनावी प्रचार, बास बस्न कैलालीमा



कैलाली, १७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा आफू चुनाव जित्नेमा ढुक्क छन् । यही मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवाहरुले घरदैलो कार्यक्रमलाई आक्रमक बनाईरहेका बेला देउवा भने आफ्नो चुनावी क्षेत्र डढेलधुरामा एक रातपनि नबस्ने भएका छन् ।

उनी यतिवेला हेलिकप्टपरमार्फत आफ्नो गृहजिल्ला लगायत कैलाली, कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गरिरहेका छन्। रमाईलो त के भने उनी यो पटककको निर्वाचनमा डढेलधुरामा एक रातपनि बास नबस्ने भएका छन् ।

दिनभरि जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने र रात परेपछि उनी कैलालीको होटेल विभोटीमा बास बस्न आईपुग्छन् । यो क्रम उनको पछिल्लो दुई दिनदेखि चलिरहेको छ । आफ्नी पत्नी डा. आरजु राणा देउवा कैलाली ५ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेद्धवार छिन् । राणाको चुनावी क्षेत्रमा समेत देउवाले विशेष ध्यान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot