Logo

विवेकको काँग्रेस प्रवेशले ललितपुर २ मा तरंग



ललितपुर, १९ मंसिर : ललितपुर क्षेत्र नम्बर २ का प्रभावशाली युवा नेता विवेककुमार कार्की नेपाली काँग्रेस प्रवेश गरेसँगै त्यस क्षेत्रमा राजनीतिक तरंग आएको छ ।

काँग्रेस र वामपन्थी गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने आँकलन भइरहँदा महालक्ष्मी नगरपालिकामा प्रभावशाली कार्कीको काँग्रेस प्रवेश भएको हो ।
कार्कीसँगै त्यस क्षेत्रका एक सय युवा काँग्रेस प्रवेश गर्दा वामपन्थी उम्मेदवारहरू अत्तालिएका छन् ।

उनलाई रोक्न एमाले र माओवादी केन्द्रका हस्ती नेताहरूले बारम्बार प्रयास गरेपनि कम्युनिष्टबाट देश र समाजको हित नहुने भन्दै लोकतान्त्रिक शक्तिबाट मात्र देशको हित हुने जवाफ दिएको बुझिएको छ ।

कार्कीले गएको स्थानीय चुनावमा वडा नम्बर आठमा स्वतन्त्र उम्मेदवारी दिएर आठ सय मत प्राप्त गरेका थिए । उनले पाएको मतका कारण त्यस क्षेत्रमा बलियो प्रभाव देखिएको थियो ।

कार्की पार्टी प्रवेश गर्दा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह आइतबार लुभुको आमसभामा पुगेका थिए ।

कार्कीको प्रवेशले त्यस क्षेत्रमा काँग्रेस बलियो भएको चर्चा चल्न थालेको छ । यसैगरी, पूर्व माओवादी नेता सुरेन्द्र तामाङसहित ५० युवा नेपाली काँग्रेस प्रवेश गरेपछि लाकुरे भञ्ज्याङ क्षेत्रमा काँग्रेस बलियो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot