Logo

सप्तरी २ बाट दस हजार मतान्तरले उपेन्द्र यादव विजयी



काठमाडौं, मंसिर २३ : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले विजयी भएका छन्। यादव सप्तरी २ बाट २१ हजार ६ सय ३० मत ल्याएर विजयी भएका हुन्।

उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ७९ मत ल्याएका छन्। फोरम–राजपा गठबन्धन तर्फबाट उम्मेदवार बनेका यादवलाई कांग्रेसले सहयोग गरेको थियो।

यसअघिका दुई निर्वाचनमा सुनसरी–५ बाट निर्वाचित यादव यो निर्वाचनमा सप्तरी–२ बाट उठेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot