काठमाडौं १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मुल पार्टीबाट अलग भएका थिए ।
मुल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले उधोग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शीतलनिवासस्थित राष्ट्रपति भवनमा विशेष समारोहबीच राष्ट्रपति विद्या भण्डारीले थापा र यादवलाई विभागीय मन्त्रीका रुपमा सपथ खुवाईसकेकी छन् ।
दुवैले आआफुनो मन्त्रालयमा पुगेर कार्यभार पनि समालिसहेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।