फागुन २९, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले प्रधानन्यायाधिशले गलत काम गरेको आरोप लगाउँदै महाअभियोग लगाउने चेतावनी दिएका छन् ।
टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले दुई तिहाई बहुमतको सरकारले नराम्रो काम गर्नेलाई नछोड्ने चेतावनी दिए ।