Logo

विवादकैबिच राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधिश पराजुलीले नै शपथ खुवाउने



फागुन ३०, काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ ।

यद्यपी प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भएको छलफलपछि पराजुलीबाटै सपथ गराउने निष्कर्ष निस्किएको छ ।

पराजुलीलाई महाअभियोग लगाउनका लागि पर्याप्त समय नभएकाले तत्काल कुनै कदम नचाल्ने ओली र प्रचण्डबिच सहमति भएको हो । महाअभियोग लगाएपनि प्रक्रिया पूरा नहुँदै उनले अवकास पाउने भएकाले तत्काल महाअभियोग नलगाइउने भएको हो ।

भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वा्चित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्