फागन ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अपराधिलाई प्रश्रय नदिने बताएका छन् । एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई वालुवाटारमा सम्बोधन गर्दै ओलीले कानुनअनुसार सबैखाले अपराधिलाई कडा कारबाही गरिने बताए ।
महिला हिंसा डरलाग्दो देखिएको भन्दै ओलीले दोषीलाई दण्डित गर्ने बताए ।
“महिला हिंसाको अन्त्य हुनुपर्छ । पशुजन्य व्यवहार भइरहेको छ, अब दण्डित हुनुपर्छ, कसैलाई छोडिन्न ।” ओलीले भने ।
सम्बाधनका क्रममा ओलीले अहिलेको समयमा देशमा नेपाली कांग्रेसको आवश्यकता नरहेको बताए । विगतका परिवर्तनमा कांग्रेसको आवश्यकता भए पनि अहिलेको समयमा आफुहरुको आवश्यकता महसुश भएको ओलीको जिकिर थियो ।
“अहिले कांग्रेसको आवश्यकता छैन, १५ सालमा कांग्रेसको आवश्यकता थियो । हामीले जनताको आवश्यकता पूरा गर्न सकेनौँ भने हामे आवश्यकता पनि हुँदैन ।” ओलीले भने ।
उनले एमाले र माओवादीबिच पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
देशको आर्थिक स्थिती कमजोर भएको भन्दै ओलीले स्वेशपत्र जारी गरेर देश विकासको काम सुरु गर्ने बताए ।
“विकास र समृद्धि हासिल गछौँ, विश्वलाई नै उदाहण बनेर देखाउँछौँ । केही वर्षमा नै समृद्धिको अनुभुति दिने गरी काम गर्छौँ ।” उनले भने ।