Logo

प्रधानन्यायाधीश प्रकरणमा सुवास नेम्बाङ सफल



काठमाडौं, १ चैत्र । पदमुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहीबार बिहान राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा बुझाएका छन् । यो प्रकरणमा सफल को भयो ? भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ ।

पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी पत्र बुझाएको थियो। यद्यपी उनी आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आएका थिए।

तर, पराजुली प्रकरणमा एमालेका नेता सुवासचन्द्र नेम्बाङ सफल भएको अहिले दाबी गरिएको छ । उनीसँगै सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल, हरिकृष्ण कार्की, महान्यायाधिवक्ता अग्नि खरेल र अधिवक्ता टिकाराम भटट्टराई पनि सफल भएको सूत्रहरुको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो विषयमा नेता नेम्बाङले कन्भिन्स गरेका थिए । सूत्रहरुले दिएको जानकारी अनुसार पराजुलीको विषयमा ओलीलाई आज नेम्बाङसहितको यो टिमले कन्भिन्स गरेको थियो ।

हिजोमात्रै दोस्रो कार्यकालको लागि सपथ लिएकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली पराजुलीको विषयमा एकमत दिए । स्रोतले भन्यो,‘नेम्बाङको टिमले नै हिजो न्याय परिषद सचिवालय मार्फत हिजो अस्त्र फालेको थियो, निरौलालाई प्रयोग गरेर यो टिमले पराजुलीलाई पदमुक्त गरायो, र आज राजिनामा गराउन लगायो ।’ प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिसमक्ष आज राजीनामा बुझाए ।



प्रतिक्रिया दिनुहोस्