Logo

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिने पक्का



काठमाडौं २ चैत । काठमाडौं: देशको तेस्रो उपराष्ट्रपतिमा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोरिने पक्का भएको छ । नेकपा माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले उपराष्ट्रपतिमा पुनलार्इ नै दोहोर्याउने निर्णय गरेको हो ।

माओवादीको बैठकमा उपराष्ट्रपतिका लागि अन्य नेताहरूले दाबी नगरेपछि पुनलार्इ नै दोस्रो कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको माओवादी स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बिहीबारै बसेको एमाले र माओवादी केन्द्रको बैठकले पनि पुनलार्इ नै उपराष्ट्रपतिमा निरन्तरता दिने कुरामा सहमति जुटाएको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा दाहाल

त्यसैगरी राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शशीकला दाहाललाई उठाउने सहमतिमा पनि दुवै दल पुगेका छन् । राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेशप्रसाद तिमल्सिना निर्वाचित भइसकेका छन् । दाहाल प्रदेश-२ को महिला कोटाबाट राष्ट्रिय सभा सदस्य भएकी हुन्।

राष्ट्रपति र उपराष्ट्रपति बाँडफाँट गर्ने सहमति एमाले-माओवादी केन्द्रबीच यअसघि नै भइसकेको थियो । दुर्इ दलको सहमति अनुसार एमालेबाट विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भइसकेकी छन्।

प्रतिनिधि सभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । त्यसैगरी उपसभामुखमा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे निर्वाचित हुने पक्का जस्तै छ । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्