Logo

बजाजद्वारा नयाँवर्ष २०७५को योजना ‘बजाज युगारम्भ’ घोषणा



चैत २, काठमाडौं । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को.प्रा.लि.ले नयाँ वर्ष २०७५ को योजना–‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नायाँ नेपालको नायाँ शुभारम्भ’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

नेपालले अब विकासको बाटो समाउने तर्रखर गरिरहेकाले अब आउँदै गरेको नयाँ बर्ष नेपाली नागरिककोलागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो ।

यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रबाह गर्ने छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । ‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ ।

यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल रु.७५०० नगद छुट पाउनेछन् ।साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो “नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं ।”



प्रतिक्रिया दिनुहोस्