चैत ३, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवले आफूहरुको सरकारमा जाने कुरा प्राथमिकतामा नरहेको दाबी गरेकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसममा ऋषि धमलासँग कुरा गर्दै नेतृ यादवले संविधान संशोधनको माग पूरा हुने निश्चित नभएसम्म आफूहरु सरकारमा नजाने बताइन् ।
आफूहरु सरकारमा जानका लागि संविधान संशोधनको माग गरेको तर प्रधानमन्त्री केपी ओलीले मौखिक रुपमा मात्रै आश्वासन दिएकाले तत्काल सरकारमा जाने वातावरण नबनेको उनको भनाई छ ।
“संविधानमा भएका अधुरा कुराहरु संशोधन गर्छु भनेर लिखित प्रतिवद्धता नआएसम्म सरकारमा जाँदैनौँ ।” यादवले भनिन् ।
सरकारलाई विश्वास मत दिए पनि त्यसलाई सहयोगका रुपमा बुझेर संविधान संशोधनका लागि सरकार तयार हुनुपर्ने उनको भनाई छ ।