काठमाडौ, ६ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जातीय विभेदमा संलग्न जोही कोहीमाथि कठोर कारबाही गर्ने चेतावनी दिएका छन् ।
राजधानीको भृकुटिमण्डपस्थित् पर्यटन बोर्डमा अन्तरपार्टी दलित महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन।
उनले भने,‘संसारमा जातीयको आवरणमा हुने हिंसाको अन्त्य लागि विश्व जुटिरहेको छ, गृहमन्त्रालय पनि जातीय विभेदका हिंसात्मक घटनाहरुको अन्त्यको लागि अभियान चलाईरहेको छ, यसमा अन्तर पार्टी दलित महिला सञ्जाले साथ दिनुपर्छ, म विभेदका घटनामा संलग्नलाई कठोर कारबाही गर्न तयार छु, नेपालमा दलित, दक्षिण एशियमा हरिजन र अफ्रिकि मुलुकमा रंगभेदको आधारमा विभेद गर्ने गैर मानवीय काम अझै बाँकि छ, अब यसको अन्त्य गर्न तपाईहरुले देखे भोगेका कुरा मन्त्रालयसम्म पुर्याउनुस् हामी कारबाही गछाँै।’
उनले अघि थपे,‘हाम्रो देशमा ठूलो परिवर्तन भएको छ, संविधानमा धेरै अधिकार सुरक्षित छन् तर व्यवहारमा ती अधिकारहरुलाई कार्यन्वयन गर्न सकिएको छैन्, सरकार यसमा लागि रहेको छ, फरक जातिसँग विहे गरेकै कारण मारिनु पर्ने, धारा, मन्दिरमा छुन, पस्न नमिल्ने, कुकुरलाई ओछ्यानमा सुताउने मानिसलाई ढोका भित्र छिर्न नदिने यस्तो खाले हर्कत कसैलाई स्वीकार्य हुँदैन।’
ईभा क्यासल समाजिक न्याय पुरस्कार उमा वादीलाई
दलितको कोटाबाट सांसद बनेका सांसदहरुलाई बधाई तथा शुभकामनाका निम्ति आयोजना गरिएको कार्यक्रममा दलिद आन्दोलनमा लागेर महत्वपूर्ण योगदान दिएको भन्दै नेपाल महिला संघकी केन्द्रीय सस्दय उमादेवि वादीलाई ईभा क्यासल समाजिक न्याय पुरस्कार प्रदान गरिएको छ ।
वादीलाई एक लाख नगद सहित सम्मान गरिएको छ । वादी नेपाली कांग्रेसबाट वादी समुदायको तर्फबाट पहिलो सांसद पनि हुन । २०५५ साल देखि नेपाली दलित आन्दोलनको मोर्चामा उभिएर अधिकारका निम्ति लड्दै आएकी छन् ।