काठमाडौं, ९ चैत । ऊर्जामन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
शुक्रबार आर्थिक पत्रकार समूह (सेजन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री पुनले अब सरकार कुनै बहानामा विकासबाट पन्छिन नपाउने बताए ।
राजनीतिक दलले घोषणा गरेको समृद्धिको दिशातर्फ जानु सरकारको दायित्व र बाध्यता दुवै भएको मन्त्री पुनको भनाइ थियो ।उनले स्वदेशी र विदेशी निजी क्षेत्रसँग जलविद्युत् उत्पादनमा सहकार्य गर्दै सरकार अघि बढ्ने बताए ।
मन्त्री पुनले निर्माणाधीन जलविद्युत् आयोजनामा परेको अप्ठ्यारकाबारेमा सरकारले अध्ययन गरिरहेको बताए ।कार्यक्रमका सहभागीहरुले नीति र योजनाहरु प्रभावकारी रहे पनि कार्यान्वयनको पक्षमा सरकार कमजोर देखिएको टिप्पणी गरेका थिए ।
परिणाममुखी भएर अघि नबढ्ने हो भने जलविद्युत् क्षेत्रको विकास सम्भव नहुने उनीहरुको सुझाव थियो ।