काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र १३ गते काठमाडौंस्थित कूटनीतिक मिसनका राजदुत र राष्ट्रसंघका आवासिय प्रमुखलाई सरकारको विदेश नीति र प्राथमिकतावारे ‘ब्रिफिङ’ गर्ने तयारी थालेका छन् ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रम ओलीले आउने मंगलबार नेपालस्थित् राजदुतहरुलाई व्रिफिङ गर्ने भएका हुन् । त्यसका लागि काठमाडौंस्थित दुतावास र राष्ट्रसंघ कार्यालयलाई पत्राचार गरिएको छ । प्रधानमन्त्रीले ब्रिफिङ गर्ने कार्यक्रम चैत्र १३ गते दिउँसो १२ बजे रहेको छ।