काठमाडौं १० चैत ।
सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन ।जसकार कारण सरकार विस्तारको प्रक्रिया लम्बिँदै आएको छ ।
प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ । समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ ।
नेपालसमाचारपत्रबाट