Logo

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता गर्ने माओवादी निर्णय



काठमाडौं, १० चैत्र । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै एमाले–माओवादी केन्द्रवीच एकता गर्नुपर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका नेता मणि थापाले दिएको जानकारी अनुसार चैत्र १५ गते सचिवालय बैठक बसेर एकताबारे अन्तिम निर्णय लिनेछ ।



प्रतिक्रिया दिनुहोस्