Logo

मन्त्री नबनाएकोमा गुनासो छैन, अन्धभक्त भएर पार्टीको सदस्य बन्न सक्दिन : भट्टराई



चैत ११, काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराइले आफूलाई मन्त्री नबनाइएकोमा कुनै गुनासो नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले प्रधानमन्त्री केपी ओलीले २५ जनाभन्दा बढि मन्त्री बनाउन नसक्ने अवस्थामा आफूलाई समावेश नगर्नु सामान्य कुरा भएको बताए ।

चुनावका बेला पार्टी अध्यक्ष ओलीले आफूलाई मन्त्री बनाउने उद्घोष गरे पनि चुनावपछिको परिस्थिती फेरिएकाले सोचेजस्तो नभएको उनले बताए । आफु पार्टी नेतृत्वको आलोचकको रुपमा चिनिएको स्विकार गर्दै उनले आलोचक हुनु नै कम्युनिष्ट पार्टीको सदस्य हुनुको परिचय भएको उनले बताए ।

“अन्धभक्त भएर कम्युनिष्ट पार्टीको सदस्य बन्न सकिदैन । माक्र्सवाद भनेको आलोचनात्मक चेतनाको संगठन हो । केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत सबैसँग आवश्यकताअनुसार विमति राख्छु ।” भट्टराईले भने ।

आफ्नो नराम्रो सम्बन्ध कसैसँग पनि नभएको उनले बताए । मन्त्री नबनाइएकोमा आफ्नो कुै गुनासो नरहेको उनले दाबी गरे । जुनसुकै अवस्थामा पनि पार्टी नेतृत्व र सरकारलाई आफूले सहयोग गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्