काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले ईयुले नेपाली जनताको मन दुखाएको गुनासो पोखेका छन् ।
आर्इृतबार नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यवेक्षकको नाममा धर्म प्रचार गर्न आएकाहरुलाई आफूहरुले फिर्ता पठाएकोले ईयुले अहिले रिस साँधेको आरोप लगाए ।
यसअघि पनि सरकारले युरोपेली युनियन (इयु)को निर्वाचन प्रतिवेदनमा कडा आपत्ति जनाएको छ।
इयुको रिपोर्टले नेपालको संविधान र सार्वभौमसत्तामाथि प्रहार भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिवेदनको कडा शब्दमा विरोध गरेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसन (ईयुइओएम)को रिपोर्ट र टिप्पणीले सफल रुपमा सम्पन्न शान्तिपूर्ण र निष्पक्ष निर्वाचनलाई कमजोर देखाउन खोजेको र अन्तर्रा्ष्ट्रिय निर्वाचन अवलोकनको दायरा र मापदण्ड विपरित भएको उल्लेख छ।